News

संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा,

अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा अमेरिकाको न्युयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकुदमा नेपालीमूलका अमेरिकनलाई ओलम्पिकसम्म पुर्याउने लक्ष्य राखेको छ ।
संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा पर्वतीय खेलकुद क्षेत्रका परिष्ठ संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शर्पा छन् । 

त्यसैगरी, सदस्यमा विश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका फूड गुरु सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी  शेर्पा, सगरमाथा आरोही उषा विष्ट, सगरमाथा आरोही अन्तराष्ट्रिय माउण्टेन गाइड 
नीमा तासी शेर्पा , एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल व्यवसायी विक्रम अधिकारी छन् ।